Image
Image
Image
Image
Image
Baby Blanket for new born babies and Nutrional Support to mothers
Saving mothers and childrenLocation
Bhim Hospital Bhairahawa
Date
July, 2026-27
Beneficiaries
50
Rotarian Involvement
15
Non-Rotarian
4
Project Details
Club
Central Lumbini
Month
July
Fiscal Year
2026-27
Category
Saving mothers and children
Project Description
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा ‘बाल तथा मातृत्व महिना’ विशेष कार्यक्रम अन्तर्गत नवजात शिशु र आमाहरूलाई न्यानो माया
भैरहवा, साउन — रोटरी इन्टरनेशनलले मनाउने बाल तथा मातृत्व महिना (Child & Maternity Month) को अवसरमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको प्रायोजनमा इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका युवा सदस्यहरूले भीम अस्पताल, भैरहवाको प्रसूति वार्डमा नवजात शिशु तथा सुत्केरी आमाहरूका लागि विशेष सेवा कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमअन्तर्गत नवजात शिशुहरूलाई रोटरीको लोगो कढाइ (Embroidery) गरिएको उच्च गुणस्तरीय बेबी ब्ल्याङ्केट तथा सुत्केरी आमाहरूलाई पौष्टिक आहारका सामग्री वितरण गरिएको थियो। शिशुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ब्ल्याङ्केटमा रोटरी लोगो प्रिन्ट नगरी कढाइमार्फत राखिएको थियो, ताकि कुनै पनि प्रकारको रसायनयुक्त मसी (Ink) को प्रयोगबाट शिशुहरू प्रभावित नहून् भन्ने उद्देश्य पूरा होस्।
यस सेवा परियोजनाको विशेषता भनेको सम्पूर्ण योजना इन्टर्याक्ट क्लबका युवा सदस्यहरूको पहल, समर्पण र सक्रियताबाट सम्पन्न हुनु हो। उनीहरूले भैरहवाबाट गुणस्तरीय बेबी ब्ल्याङ्केट खरिद गरी लोगो कढाइका लागि बुटवलसम्म पुर्याए। त्यसपछि गल्लामण्डीबाट आमाहरूका लागि आवश्यक पौष्टिक आहार सामग्री खरिद गरी अत्यन्त छोटो समयमै भीम अस्पतालमा भेला भई प्रत्यक्ष रूपमा आवश्यकतामा रहेका सुत्केरी आमा र नवजात शिशुहरूलाई वितरण गरेका थिए।
यस अभियानको नेतृत्व इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका चार्टर अध्यक्ष आर्यन भण्डारीले गरेका थिए। युवा टोलीको समर्पण, व्यवस्थापन क्षमता र सेवाभावले उपस्थित सबैलाई प्रेरित बनाएको थियो।
कार्यक्रमप्रति खुसी व्यक्त गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रोटेरियन गंगाधर भण्डारीले भन्नुभयो,
“म आफ्ना यी युवाहरूलाई देखेर अत्यन्त गर्व महसुस गर्छु। उनीहरूले सेवाको वास्तविक अर्थ व्यवहारमै प्रस्तुत गरेका छन्। नवजात शिशु र आमाहरूका लागि उनीहरूले देखाएको संवेदनशीलता, मेहनत र समर्पणले रोटरीको यस वर्षको नाराः Create Lasting Impact लाई वास्तविक रूपमा आत्मसात् गरेको छ। यस्ता युवाहरू नै समाजका भविष्यका जिम्मेवार नेतृत्व हुन्।”
कार्यक्रमले रोटरीको “Service Above Self” को आदर्शलाई व्यवहारमा उतार्दै नयाँ जीवनको सुरुवातलाई न्यानोपन, माया र सम्मानका साथ स्वागत गर्ने सन्देश दिएको छ। साथै, इन्टर्याक्ट क्लबका युवाहरूले सामाजिक उत्तरदायित्वप्रति देखाएको सक्रिय सहभागिताले समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

Project Costs
| Description | Amount (NPR) | '\\baby blanket 25x500 | Rs. 12,500.00 | '\\nutrional suppliments 25x700 | Rs. 17,500.00 | 'Total | Rs. 30,000.00 |
|---|